धिरेन्द्र पनुहर
कोल्हवी
नेपाल तरुण दल कोल्हवी नगर कमिटी बाराले बुधवार होली मिलन तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ।
कोल्हवी नगरपालिका वडा नम्बर ७ मा हिन्दुहरुको रगंहरुको पर्वको रुपमा रहेको होली पर्वको अवसरमा उक्त कार्यक्रम गरीएको हो । नगरसभापति सन्जय चौधरी थारुको अध्यक्षतामा तथा कार्यक्रम मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष एवम् कोल्हवी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद चौधरीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ५ का ईकाई सचिब सम्भु प्रशाद चौधरी, वडा नम्बर १० का वड अध्यक्ष प्रत्याशी कुन्जबिहारी चौधरी, नेबिसंघका युवा नेता समोज चौधरी, समीर चौधरी, शिवा चौधरी, बिनोद चौधरी, तरुण दलका नेता सन्जय चौधरी, श्री नारायण चौधरी, धर्मेन्द्र चौधरी, ओमप्रकाश चौधरी, धिरेन्द्र चौधरी, मनिष चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
सो अवसरमा युवा तथा तरुणहरुले विभिन्न धार्मिक स्थलहरुको सरसफाई समेत गरेका थिए ।
तरुणदल कोल्हवीको होली मिलन तथा सरसफाई कार्यक्रम
Leave a review
Leave a review


