बरहथवाको परिचय र महानन्द झा पुस्तकको लोकार्पण गरिएको छ । सर्लाहीको बरहथवामा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कवि,लेखक,सहित्यकार,पत्रकार एवं अनुसन्धानकर्ता सञ्जय साह मित्रले सो पुस्तक लेखेका हुन् । बरहथवाको परिचय र महानन्द झा पुस्तकको प्रतिनिधिसभा सदस्य तथा पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।
लेखक मित्रले बरहथवाको इतिहास र उत्पति बारे खोज, अध्ययन तथा अनुसन्धान गरी सो पुस्तक लेखका छन् ।
मित्रले एक वर्ष समय लगाएर बरहथवाका अधिकांश व्यक्तिसंग भेटेर बरहथवा बारे विभिन्न तथ्य तथा जानकारी लिएका हुन् ।
खोज र अनुसन्धानमा निकै चासो राख्ने पत्रकार सञ्जय साह मित्रले सो पुस्तकमा एउटा सामान्य गाउँबाट बरहथवा कसरी विकसित भई शहरमा परिणत भयो भन्नेबारे अनुसन्धान गरेका थिए ।
बरहथवाको उत्पति कसरी भयो,बरहथवालाई शहर बनाउन क–कसले के–कस्ता योगदान पु¥याए लगाएत बरहथवाको इतिहास बारे पुरै वर्णन वा उल्लेख गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा लेख लेख्ने पत्रकार एवं साहित्यकार मित्रले यसअघि रौतहट परिचय,बज्जिका भाषाको इतिहास,छठ पवनी,रौतहट लघुकथा,बज्जिका लगाएतका किताव लेखिसकेका छन् ।

