वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

प्रणामी युवा परिषदद्धारा सिम्रौनगढका २५ घरपरिवारलाई न्यानो कपडा वितरण

सिम्रौनगढ,१ माघ
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति बाराको आयोजनामा शितलहर पिडित जनतालाई न्यानो कपडा बितरण गरेको छ ।
युवा परिषद बाराले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वामा शनिवार एक कार्यक्रमको अयोजना गरि शितलहर पिडितहरुलाई सिरक तथा म्याट वितरण गरेको हो । काचोर्वाका अति विपन्न २५ घर परिवारलाई एक÷एक थान फाईवर सिरक र एक÷एक थान म्याट वितरण गरियो युवा परिषदले जनाएको छ । न्यायो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यसनारायण यादवले उक्त टोलका अति विपन्न शितलहर पिडित परिवारलाई सिरक र म्याट वितरण गरेका थिए ।
युवा परिषद बाराका अध्यक्ष सुमन सुवेदीको अध्यक्षतामा अयोजित वितरण कार्यक्रममा युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्ले, केन्द्रीय सदस्य तथा वैदेशिक विभाग प्रमुख दिपक प्रसाद सापकोटा, श्रीकृष्ण प्रणामी सेवासमिति बारा, पर्सा अध्यक्ष अर्जुन प्रसाद घिमिरे, सचिव कृष्ण प्रसाद देवकोटा, ईकाई सत्संग सेवा समिति कचोर्वाका अध्यक्ष रुपनारायण यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन युवा परिषद्का जिल्ला सचिव उमेश सापकोटाले गरेका थिए । उक्त न्यायो कपडा वितरणका लागि विभिन्न व्यक्तिहरुबाट गरि रु ३७ हजार तीन सय ६१ रुपैया सहयोग प्राप्त भएको र सोही रकमबाट सिरक र म्याट खरिद गरि वितरण गरिएको सचिव सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!