युनिक यादव /
सशस्त्र प्रहरी बाराले अवैध सुन सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । बाराको मटिअर्वा नाकाबाट ४ तोला अवैध सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बेलदार्वा नाकाबाट नेपाल तर्फ आउने क्रममा मटिअर्वाको दस गजा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल बाराका प्रमुख प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले साझेदारीलाई जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वीय चम्पारण ग्राम कचोर्बारीका बर्ष ३८ का सुनिल कुमार कुशवाहा रहेको बिओपी मटीअर्वाका प्रहरी निरीक्षक लक्षमण जोशीले बताए ।
आइतबार थप अनुसन्धानका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइने सशस्त्र प्रहरी बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए ।