मधेसी ईन्जिनियर्स एसोशिएसले वितरण ग¥यो ईलेक्ट्रोनिक्स जग

साझेदारी दैनिक
साझेदारी दैनिक 602 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रवीन्द्र प्रसाद साह /
मधेसी ईन्जिनियर्स एसोशिएसन बारा जिल्ला कार्यसमितिले आइसोलेशनमा रहेको कोरोना संक्रमितहरुलाई ईलेक्ट्रोनिक्स जग वितरण गरेको छ।

एसोशिएसन केन्द्रीय समितिद्वारा गरिएको निर्णय अनुसार जिल्ला समितिले आईसोलेशनमा उपचार गराईरहेका २५ जनालाई करिब २५ थान ईलेक्ट्रोनिक्स जग वितरण गरेको हो ।

कलैया उपमहानगरपालिकाको गंगापुर स्थित जिल्ला शिक्षा कार्यालयमा रहेको अस्थायी कोरोना अस्पतालमा रहेकाहरुलाई २० थान र सुवर्ण गाउँपालिका अन्तर्गत हर्दियामा रहेकाहरुलाई ५ थान गरि कुल जम्मा २५ थान ईलेक्ट्रोनिक्स जग वितरण गरिएको थियो।

उक्त ईलेक्ट्रोनिक्स जग वितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले कलैया अस्पतालका अध्यक्ष नवल यादव, ईन्चार्ज प्रदिप प्रजापतिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

ईलेक्ट्रोनिक्स जग वितरण कार्यक्रममा एसोशिएसन प्रदेश नम्बर दुईका उपाध्यक्ष एवम् स्थानीय कार्यसमितिको संयोजक बारा जिल्ला निवासी ईन्जिनियर प्रमोद यादव , जिल्ला अध्यक्ष ई. प्रवेज खान , कलैया उपमहानगरपालिकाको संयोजक नसरुल हक अन्सारी लगायतका उपस्थितमा सम्पन्न गरिएको एसोशिएसन बाराले जनाएको छ ।
फोटो छ ५

समाचार शेयर गर्नुहोस
Leave a review