८० बोरा भुजा ,५२५ प्याकेट गुट्खा सहित ट्याक्टर पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 972 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
बाराको जीतपुरबाट भुजाको बोराले छोपेर ट्याक्टरमा ल्याउँदै गरेको गुटखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरी जितपुरबाट ना.७ त ११४८ नं.को ट्याक्टरमा ८० बोरा भुजाको बिचमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच बोरा भोला गुटखा प्रहरीले सखुवा प्रसौनी गाउँपालिका वडा नं.५ बाट प्रहरीले बरामद गरेको थियो ।

राति करिब १० बजे बरामद गुट्खाको आवश्यक कागजात चालकसँग नरहेको प्रहरीले जनाएको छ । पाँच बोरा गुट्खाको बोरामा ५ सय २५ प्याकेट गुट्खा रहेको थियो ।

बरामद २० किलोको ८० बोरा भुजा ,५ सय २५ प्याकेट गुट्खा र ट्याक्टर गरी करिब ९ लाख ४८ हजार ५ सय मुल्य बराबरको समान भंसार कार्यालय बिरगंज पठाईएको  प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review