यातायात ब्यवस्था कार्यालय बारालाई आधुनिक ट्रायल सेन्टर बनाउछु – श्रम तथा यातायात मन्त्री सिंह

संदिप प्रसाद यादव
982 पाठक संख्या

यातायात ब्यवस्था कार्यालय बारालाई आधुनिक ट्रायल सेन्टर बनाउने मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले बताएका छन् ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा रहेको शिक्षा तालीम केन्द्र परिसर भित्र सोमबार कार्यालयको उदघाट्न गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले हुलाकी राजमार्गमा मधेस परिवहन ईलेक्ट्रीक गाडी चलाउने जानकारी दिएका हुन् । उनले ब्लु बुक पनि सधैको लागि एकैपटक नविकरण हुने ब्यवस्था गर्नमा लागेको उनले जनाए ।

ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि दिने कानुन बनाउने मन्त्री सिंहले बताए । नविकरण गर्ने, लाइसेन्स फारम भर्ने जस्ता सबै कार्य अनलाइन मोबाइल अएप्सबाट गर्न सक्ने व्यवस्था छिट्टै ल्याउने उनले जनाए ।

यातायात कार्यालयको कुनै पनि कर्मचारीले सेवाग्राहीहरुसंग कुनै पनी बहानामा घुस मागेमा सिधा आफुनिर प्रमाण सहित आउन आग्रह गरे । त्यस्ता कर्मचारीलाई आवश्यक कार्वाही गर्ने मन्त्री सिंहले आश्वासन दिए ।

यस कार्यालयबाट बिलबुक नविकरण,सवारी साधन अनुमति पत्र वितरण र सवारी साधन नामसारी जस्ता सेवा प्रदान हुने उनले जानकारी दिए । उनले यो बारावासीको लागि गौरवको विषय भएको जनाए । यसबाट सेवा लिन उनले आग्रह गरे ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा सो कार्यालयको उद्घाटन भएको हो ।

बारा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य रविन दास श्रेष्ठ,३ ख का प्रदेश सभा सदस्य महमद समिरले यस कार्यालयले बारावासीलाई उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले कार्यालयको लागि छिट्टै ३–६ बिगाहा जग्गा उपलब्ध गराउने बताए ।

जसपा पार्टी नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले प्रदेश सरकार,मुख्यमन्त्री र यातायात मन्त्री सिंहको विशेष योगदानले सो कार्यालय स्थापना भएको बताए ।

सो कार्यक्रममा पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ताले सम्बोधन गर्दै यसले आत्मविश्वास थप्ने जनाए ।

पूर्व प्रदेश सभा सदस्य पारस साहले गाडिको नवीकरण १५ बर्षमा र लाईसेन्सको नवीकरण १० बर्षमा होस भन्दै माग गरेका थिए ।

नेपाली काग्रेस मधेश प्रदेश संगठन विभागका सदस्य राजेश सिह,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष मुकेश साह,जनमत पार्टी बाराका जिल्ला इन्चार्ज शिवनाथ पटेल र विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डाक्टर सुशील साह लगायतकाले सम्बोधन गर्दै कार्यालय स्थापनाले बारावासीले राम्रोसंग सेवा लिने बताए ।

प्रजिअ सापकोटाले बारामा यातायात कार्यालयको उदघाटन भए सँगै यस जिल्लाका सेवाग्राहीहरुले सहज रुपमा सेवा लिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख कमल गौतम,प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष प्रकाश चौगाई,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी दधिराम न्यौपाने,कलैया उपमहानगरपालिका –३ का वार्ड अध्यक्ष मोहन साह कानु,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे,कमलेश मण्डल,१ का वार्ड सदस्य शशी दास,जनमत पार्टीका केन्द्रिय सदस्य कलामुदिन मदनी,केन्द्रिय सदस्य विजय गुप्ता,जनमत पार्टीका मधेस प्रदेश सदस्य सन्तोष पटेल,रामाशंकर साह,युवा जनमत संघ बाराका जिल्ला अध्यक्ष बिकाश कुमार सिंह,कर्मचारी,समाजसेवी,बुद्धिजीवी र संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख महमद नवाज हुसैनको रहेको थियो ।

कार्यक्रमको संचालन कार्यालयका लेखापाल मुकेश प्रजापतिले गरेका थिए ।

Leave a review

This will close in 0 seconds