बारा । बाराका दुई प्रहरी नायव उपरीक्षकसहित १४९ जनाको सुरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले आज सूचना जारी गर्दै उनिहरुको काज तथा सरुवा गरेका हुन् ।
प्रहरी महानिरीक्षकको आज बसेको निर्णयानुसार जेठ महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव उपरीक्षकहरुलाई काज तथा सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय राज पण्डितको मधेस प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । उहाँको स्थानमा काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जबाट मीन बहादुर घले आउने भएका छन् ।
त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक वकिल कुमार सिंहको प्रहरी वृत्त सातदोबाटो काठमाडौमा सरुवा भएको छ । उहाँको स्थानमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौबाट नवराज न्यौपाने आउने भएका छन् ।


