जीतपुरसिमराका जनप्रतिनिधिलाई नसर्ने रोग वारे अभिमुखीकरण

साझेदारी दैनिक
साझेदारी दैनिक 319 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /

नसर्ने रोग सम्बन्धि जीतपुरमा बुधवार अभिमुखीकरण कार्यक्रम गरीएको छ।जन स्वास्वस्थ्य प्रबद्र्धन शाखाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकाको जनप्रतिनिधिसँग उक्त अभिमुखिकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुसँग नसर्ने रोगको बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी गराएका छन ।सो अवसरमा कार्यक्रममा नसर्ने रोग मधुमेह ,(उच्च रक्तचाप )मुटुरोग ,क्यान्सर र दम रोगको बिषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराईएको थियो ।

अभिमुखिकरण कार्यक्रमा नसर्ने ४ रोगहरुको लक्षण र बच्ने उपाय सम्बन्धमा जनस्वास्थ्य शाखा प्रमुख रबि भाष्करले जानकारी गराएका थिए । नसर्ने रोगको अहिले र पहिलेको अवस्थाको बिषयमा सहभागिहरुलाई जनस्वास्थ्य प्रमुख भाष्करले जानकारी गराएका थिए ।

जनप्रतिनिधिहरुले आफु र आफना गाउँघरमा देखिएका रोगहरुको बिषयमा कार्यक्रममा छलफल गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका ३२ जना जना जनप्रतिनिधिहरुकोको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review