२० लाखको तेल चोरी गरि बेच्ने गिरोहका चार जना पक्राउ

साझेदारी दैनिक
706 पाठक संख्या

२० लाख बराबरको तेल चोरी गरि बिक्री बितरण गर्ने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका वडा नम्बर ३ बस्ने दिपेन्द्र खडकी, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी शान्ति लामा, मकवानपुर जिल्ला रक्सीरंगा गाँउपालिका वडा नम्बर ४ बस्ने खुसीलाल ब्लोन र पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १८ घर भई हाल हेटौडामा बस्दै आएका संजय कुमार दास वनिया रहेको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

मंसिर २४ गते जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी स्थित बाटोमा वेवारिसे अवस्थामा ग १ ख ९३३० नम्बरको ट्रक भेटिएपछि प्रहरीले अनुसंन्धान गर्दै जादा ४ कार्टुन तेल, खाली कार्टुन १५ वटा र सो ट्रक भेटिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको शिवशतिm घ्यू उधोग प्रालिबाट १/२ लिटरको पाउच ८ सय १० कार्टुन, भटमासको तेल २ लिटरको २ सय कार्टुन, ५ लिटरको २५ कार्टुन तेल दाग लगीरहेको अवस्थामा ट्रकको चालक दिपेन्द्र खडकीले नै तेल चोरी गरि अरुसंग बेचेको खुल्न आएपछि तिनीहरुलाई पक्राउ गरि अनुसंन्धान थालिएको बारा प्रहरी प्रवतmा राजेश थापाले जानकारी गराए । तेल बेचेर बाकी तेल र ट्रकलाई बेवारिसे अवस्थामा छोडी खडकी फरार भएका थिए ।

Leave a review

This will close in 0 seconds