गठबन्धनका उम्मेदवार जिताउन नेकाको बैठक वस्दै

साझेदारी दैनिक
551 पाठक संख्या

नेपाली काँग्रेस बाराले क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन तयारी थालेको छ ।

गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबलाई निर्वाचनमा जिताउँन गृहकार्य गरिरहेको हो ।

काँग्रेस जिल्ला कार्यसमिति बाराले गठबन्धन उम्मेदवारलाई जिताउन बुधवार कलैयामा वैठक तथा छलफल कार्यक्रम गर्न लागेको छ । नेपाली काग्रेस जिल्ला कार्य समिति बाराको आयोजनामा हुन लागेको बैठकमा कार्यसमिति सदस्यदेखि विभिन्न पालिकाहरुमा पार्टीबाट निर्वाचित पदाधिकारीहरुलाई पनि आमन्त्रित गरेको छ ।

पार्टीका कार्यालय सचिव अम्बिका यादबद्धारा जारी सुचनामा बिहान ८ बजे पाटीको जिल्ला कार्यालय ,बीपी स्मृती भवन बिपी नगर कलैयामा बैठक राखिएकोे छ ।

पाँच दलीय सत्ता गठबन्धनले सो क्षेत्रमा उम्मेदवार बनेका जसपाका अध्यक्ष यादबलाई जिताउँने निर्णय गरिसकेको छ ।

Leave a review

This will close in 0 seconds