Sajhedari Daily
Latest News from Nepal

संसद विघटनको विरुद्ध पर्सामा पनि जसपाको बिरोध प्रदर्शन

राम मण्डल/
प्रतिनिधी सभा विघटनको विरुद्धमा जनता समाजबादी पार्टी पर्साले बुधबार वीरगञ्जमा बिरोध प्रदर्शन गरेको छ ।
पार्टीको केन्द्रीय निणर्य अनुसार जसपाले गरेको देशव्यापी बिरोध प्रदर्शन अनुसार पर्साको सदरमुकाम वीरगञ्जमा पनि बिरोध प्रदर्शन गरेको हो । प्रतिनिधीसभा विघटनको बिरोधमा जसपाका नेता कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरबाट ¥याली निकाल्दै नगर परिक्रमा गर्दै सहित प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।

¥यालीमा सहभागी भएकाहरुले केपी ओली मुर्दाबाद,ओली तेरो पाराले दुख पायो साराले, असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद,मधेसी एकता जिन्दाबाद लगायतका नाराहरु लगाएका थिए ।

¥याली वीरगञ्जको माईस्थान,आदर्शनगर,गिता मन्दिर हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । ¥यालीपछि आयोजित कोण भालाई सम्बोधन गर्दै जसपाका नेता तथा विघटित प्रतिनिधी सभाका सांसद प्रदिप यादवले संकटकाल लगाएर देशलाई कब्जा गर्नको लागि संसद विघटन गरिएको बताए । उनले बैशाख १७ र २७ गते तोकिएको प्रतिनिधी सभाको चुनाव हुन नसक्ने दाबी गरे । सँसद बिघटनको निर्णयलाई सबोच्च अदालतले खारेज गर्नेमा आफु बिश्वस्त रहेको यादवको भनाई थियो ।

कोण सभामा बोल्दै प्रदेश साँसद एवम जसपाकी नेतृ करिमा बेगमले आफुखुशी प्रधानमन्त्री ओलीले सँसद बिघटन गरेको बताईन । असँबैधानिक तरिकाले संसद बिघटन गरिएकोले जसपाका नेता कार्यकर्ताहरु त्यसको बिरुद्धमा आन्दोलनमा उत्रिएको जसपाका नेता हरि नारायण रौनियारको भनाई थियो ।

संसद विघटनको बिरोधमा गरिएको प्रदर्शनमा प्रदेश साँसद जन्नत अन्सारी,रमेश कुर्मी,केन्द्रिय सदस्य रम्भा मिश्रा,वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगी,पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल,जसपाका नेता रामनरेश यादव, सचिव तबरेज अहम्द, लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।