रञ्जन यादब/
बारामा सोमवार ११ जना महिला र ३५ जना पुरुष गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देवताल गाउँपालिका ३४ जना, सुवर्ण गाउँपालिकाकाका ३ जना , कलैया उपमहानगरपालिकाका ३ जना र सर्लाहीको घर भई हाल बारामा कार्यरत रहेका ६ जना कर्मचारीमा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार संक्रमण देखिएका मध्ये स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु पनि रहेको जानकारी गराएका छन ।
यसैगरी जिल्ला प्रशासन कार्याल बाराले सोमवार एक सूचना जारी गरेर देवताल गाँउपालिकालाई शिल गरेको जानकारी दिएको छ । देवताल गाउँपालिकाको प्रमुख सहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकाका कर्मचारी, ६ जना गाउँपालिका कर्मचारी र स्थानीय ३ जनामा कोरोना पुष्टि भएपछि पुरै गाउँपालिका नै सिल गरिएको छ ।
देवताल गाउँपालिका र त्यसअन्तर्गतका सम्पूर्ण वडाहरु पूर्णरुपमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । सिल गरीएको अवधिभर अतिआवश्यक बाहेक बाहिर ननिस्कन प्रशासनले अनुरोध समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारीले सुरक्षा र सतर्कता अपनाउँन बाराबासीलाई अनुरोध समेत गर्नुभएको छ ।
आईतवार राती नारायणी अस्पतालको प्रयोगशालामा ७४ जनाको कोरोना परिक्षण गरिएकोमा ४६ जनामा कोरोना पुष्टि भएको हो ।