आऊ मिलि सहयोग गरौं संस्था मध्यपुर ठिमी -५ भक्तपुर द्रारा राष्ट्रिय स्तरीय एस.ई.ई हाजिरी जवाफ प्रतियोगिता जेष्ठ १३ गते शनिबार हुने

साझेदारी दैनिक
साझेदारी दैनिक 1.3k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सन्दिप यादव/

आऊ मिलि सहयोग गरौं संस्था मध्यपुर ठिमी -५ भक्तपुरको आयोजनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्तरीय एस.ई.ई हाजिरी जवाफ प्रतियोगिता जेष्ठ १३ गते शनिबार हुने भएको छ ।

हालै सम्पन्न भएको एस.ई.ई परिक्षा दिएर बसेका विद्यार्थीहरु लाई प्रतियोगितामा भाग लिन पाउने छन्। एक ग्रुपमा ३ जनालाई खेल्न मिल्नेछ ।

जेष्ठ ०५ गते सम्म दर्ता गराउने र छनोट प्रक्रिया १२ गते शुक्रबार सम्म रहेका आऊ मिलि सहयोग गरौं संस्थाका अध्यक्ष लिलराज चौधरीले जानकारी गराएका छन् ।

उनका अनुसार सहभागी हुन चाहेमा 9813177585/9865337096 मा सम्पर्क गर्नु पर्ने आयोजकले जनाएको छ।

ज्यास्पर एजुकेशन फाउन्डेसन संग समन्वय गरि प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा बिजेता हुने लाई नगद एक लाख र छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजक चौधरीले बताएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review