Sajhedari Daily
Latest News from Nepal

योजना अधुरो तर रकम भुक्तानी

Top Aside Banner

सिकेन्द्र पासवान/
आर्दश कोतवाल गाँउपालिकाको अधिकान्स योजनाहरु अधुरो रहेपनि भुक्तानी भईसकेको रहस्य वाहिर आएको छ ।
आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ रुपौलियामा नेपाली काँग्रेस आर्दश कोतवालले पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएका छन ।

२०७६ असार १० गते गाउँ परिषद सम्पन्न भएको दावी गर्नु अनि तत्कालिन निमित प्रमुख प्रशासकिय अधिकृत शिवपुजन यादवले च.नम्बर १०६ को पत्र अनुसार २०७६ साल असोज १७ गते आर्थिक बर्ष २०७६/७७ को परिषद गर्नलाई अध्यक्षको नाममा पत्र काटनु त्यसमा रहस्य लुकेको पत्रकार सम्मेलनमा भनिएको थियो ।

त्यसैले आर्थिक बर्ष २०७४/७५/७६/७७ को सबै योजनाहरुको अनुगमन निरिक्षण सरोकारवाला निकायहरुलाई गर्न जरुरी रहेको कुरामा जोड दिएको थियो ।

रुपौलयको पोखरीको निर्माण तथा सरसफाई नै नगरी उपभोतmा समितिले २१ लाख २५ हजार पैसा निकाली समितिले कामको फछौट समेत गरेको आरोप काँग्रेसको रहेको छ ।

अख्यितारमा रुपौलियका पोखरी लगायत पालिकाका अन्य बिषय समेटी २०७६ साल कार्तिक १८ गते अख्तियारको कार्यालय हेटौडामा निवेदन दर्ता गरि छानबिनको माँग गरेका थिए तर अहिले मुद्धा बिचराधिनमा रहेको अवस्थामा पोखरा पुनह खनाउनु गलत रहेको रुपैौलियका दिनेश यादवले भन्नुभयो ।

नागरिकका लागि एम्बुलेन्स भडामा चलाउनु,जननिर्वाचित प्रतिनिधिहरुको लागि महगो गाडी खरिद गर्नु,दलित अवास निर्माणमा पनि पार्दशिता नगरेको, पालिकाहरुमा माटो पुरी ग्राभेलमा पनि मापदण्ड बिपरित काम गरेको सो पत्रकार सम्मेलनमा शिवनाथ महतोले आरोप लगाएको थियो ।

त्यति मात्र नभई ईलाका प्रहरी कार्यालयमा निर्मानाधिन दुर्गा मन्दिर, ब्रम्हबाबाको कंम्पाउण्डमा रहेको पर्खाल निर्माण, चिउटाहाको पोखरीमा निर्माणाधिन सुर्य नारयण भगवानको मन्दिर,स्वास्थ्य चौकी चिउटाहामा रहेको मन्दिरको जग्गाका हिसाव किताव पार्दशित नगरेको, कर्मचारी नियुतिm नियम विपरित गरेको महतोले आरोप रहेको छ ।

समाजिक सुरक्षा भत्ता प्रदान नगर्नु, उपभोतmा निर्माणमा काखापाखा गर्नु, वडा नम्बर ५ का वडा कार्यालय नखोल्नु वडा अध्यक्षले घरबाट नै कामकाज गर्नु, काम सम्पन्न नै नभई सम्पन्न भएको सिफारिस वडा अध्यक्ष चन्देश्वर गिरी दिनु, सूचनाको हक प्रयोग गरि पटक पटक सुचना माँग गर्दापनि गाउँपालिकाका अध्यक्ष शेख मुस्तुफाबाट सुचना प्रदान नगर्नुले पनि हामीलाई शंका उब्जाएको कोईलिडिहका सत्यनारयण यादवले बताए ।

तर वडाअध्यक्ष गिरीले प्राविधिकहरुको टोलीले २१ लाख २५ हजारको काम भएको मुल्याङ्कन दिएपछि आफुले सिफारिस दिएको दावी गर्नुभयो ।  यता पोखरी निर्माण तथा सरसफाई समितिका अध्यक्ष चन्द्रदेव गिरीले अख्तियारबाट पोखरी सरसफाई गर्न आदेश दिए बमोजिम आफनो ब्यतिmगत ५ लाखको लगानीमा सरसफाई गरिरहेको दावी गरे ।

आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष शेख मुस्तुफाले योजनका सबै कामहरु नियमसंगत, प्रक्रियामा गई गरेको दावी गर्दे समाजिक सुरक्षा भत्तामा लकडाउनको बाध्यता अनलाईन फर्म भर्नमा कठिनाई र वडा अध्यक्षहरुले समयमा डाटा नदिनुले  समयमा समाजिक सुरक्षा भत्ता प्रदान नगर्नु पालिकाको कमजोरी भएको स्वीकार गर्दे केही ब्यतिmहरुले बिकासको काम राजनितिक पुर्वाग्राहीबाट रोक्न खाजेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका केही  ब्यतिmहरुलाई पनि उपभोतmा समितिका राखेर काम अगाडी बढाएको बताउदै पालिकाको कुनैपनि परिषद बहुमतको अधारमा नगरी निर्वाचित ४४ जनाको सहमतिमा नै गरेको  अध्यक्ष मुस्तुफाको दावी रहेको छ ।
पत्रकार सम्मेलनमा मेदनी मण्डल धानुक, राधव यादव, शोभी मण्डल, जमुना गुप्ता, दिनेश पटेल, हरेन्द्र साह, सत्य नारयण यादव, शिवनाथ महतो,रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो ।