कोल्हवी :बिनिता चौधरी/ सपहि माध्यमिक बिधालयको ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय सपहिको ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमको बिच बिधालयको प्राङ्गणमा आइतबार सम्पन्न भएको हो ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ ।
सो कार्यक्रममा शुभकामना मन्तव्य सामाजिक लेखा परिक्षण सदस्य सुर्य पौडेल,शिक्षा प्रेमी नारायण प्रसाद अधिकारी,अभिभावक गणेश चौधरी,बोधराज सुवेदी,जयमंगल चौधरी,किशोरी प्रसाद चौधरी,रामचन्द्र साफी,जनता माध्यमिक बिधालय ककडी परसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा वडा न ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली लगायतकोले राख्नु भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमख अतिथि समेत रहनुभएका नगर प्रमुख राम प्रसाद चौधरीले यस बिधालयले आर्थिक पक्षमा फड्को मारेको बताउनु भयो ।
आज भन्दा ४८ बर्ष पहिला र अगिलेको बिधालयको तुलना गर्दा अहिके चिटिक परेको र सुबिधा सम्पन्न भौतिक पुर्वाधार रहेको बताउनु हुँदै यश बिधालयमा शैक्षिक गुणस्तर उकास्न सबै शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो ।
नौ बर्षसम्म आफू पनि यस बिधालय ब्यवस्थापन समितिको मुख्य जिम्मेवार पदमा रहि काम गरेकोले आफुलाई यो बिधालयको माया धेरै नै रहेको बताउनुभयो।
भैसिंलाई जति साबुन सरफले नुहाए पनि जबसम्म गुणस्तर दाना र बेला बेलामा स्वास्थ परिक्षण गरिदैन तबसम्म आवस्यकता अनुसार दूध नदिए झैं बिधालयको सुबिधा सम्पन्न भौतिक पुर्वाधार मात्र भएर गुणस्तरीय शिक्षा दिन नसकिने उदाहरण दिनुभयो ।
बिद्यार्थीहरुलाई जुनकीरी जस्तो चमकिनलाई अनुशासनमा रहि शिक्षा हासिल गर्न सुझाव दिनुभयो। यो बिधालयमा यस वर्ष मात्र लगभग २५ लाख रुपैया नगरपालिकाबाट आएको र इमिसको लागू गरेको कारणले शैक्षिक क्षेत्रमा सुधार आएको जानकारी गराउनुभयो ।
यो शैक्षिक वर्ष देखि कक्षा ५ को नगर स्तरीय परिक्षा संचालन हुने र उत्कृष्ट गर्ने बिधालयलाई ५ लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने जनकारी गराउनुभयो। यस बिधालयलाई जिल्लामा पहिचान गराउनलाई नगरपालिकाको तर्फबाट पूरा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा यस बिधालयमा अध्यनरत बिद्यार्थी भाइबहिनीहरुले संदेशमुलक नाटक,नृत्य,कविता र वक्तित्व प्रस्तुत गरेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन बिधालयका प्रधानाध्यापक भुनेश्वर चौधरीले प्रस्तुत गर्नु भएको थियोे ।
उक्त कार्यक्रममा नेपाल शिक्षक संघ कोल्हवी नगर कमिटीका अध्यक्ष रामप्रसाद चौधरी,श्री अनुप दिपनी माध्यमिक बिधालय कोल्हवीका प्रधानाध्यापक रामप्रकाश चौधरी,श्री जनता माध्यमिक बिधालय ककडी प्रसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा र बिधालय व्यवस्थापनका अध्यक्ष कुबेर चौधरी,नेपाल राष्ट्रिय आधारभुत ककडीका प्रधानाध्यापक कल्याणी कुमारी चौधरी,सपही कलेज प्रमुख दिनेश अधिकारी,वडा न ४ का वडा अध्यक्ष बिष्णु मैनाली,दलित महिला सदस्य कालिका बि क,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रतिनिधि लालबाबु यादव,समाजसेवी गणेश मैनाली,बन्हु चौधरी,शिवनारायण चौधरी,जयमङ्गल चौधरी,कोपिला भण्डारी,कोशिला चौधरी,इन्दिरा देवकोटा,रामकुमार उप्रेती,शिक्षा प्रेमी मिनबहादुर राणा मगर,बद्रीभट्ट लगायतको उपस्थिति रहेको थियोे ।
तुलसी ढकालले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कालिका दवाडीले राख्नुभएको थियोे ।


