Sajhedari Daily
Latest News from Nepal

प्रहरीमा कोरोना

Top Aside Banner

जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन पोजेटिभ भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्धा फाटमा कार्यरत प्रहरीलाई कोरोना चेकजाँच गरेको रिपोर्ट शनिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी गराएका छन ।

उनलाई ज्वारो आएकोले विरगंजमा गएर कोरोनाको चेकजाँच गराएका थिए । अहिले जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईज गर्ने काम भईरहेको छ । उनको कनटैक्टमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम भईरहेको उनले बताए । हाल कोरोना पोजेटिभ भेटिएका प्रहरीलाई आईसोलसनमा राखिएको समेत जानकारी दिएका छन ।