प्रमोद सहनी /
जय किसान बहु-प्राविधिक शिक्षालयमा अब देखी बिद्यार्थीहरुले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन्
रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नम्बर ११ धरहरी स्थितमा रहेको जय किसान बहु-प्राविधिक शिक्षालयले विगत ८ बर्ष देखी अध्य्यन अध्यापन गराउँदै आइरहेको अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी अन्ठान्नब्बे हजार रुपैया शुल्कलाई घटाएर अबदेखि पचास हजार रुपैंयामा ३ वर्षे अध्ययन गराउने निर्णय गरेको छ ।
निर्णयसंगै विद्यार्थीहरु अब पचास हजारमा प्राविधिक शिक्षालयले ३ वर्षे ओभरसियर,आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो भन्ने कुरा शिक्षालयका शिक्षालय प्रमुख इन्जिनियर धनोज कुमार यादवले बताएका छन् ।
उक्त निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुनेछ्न।
जय किसान बहु-प्राविधिक शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन,सुबिधा सम्पन्न पुस्तकालय,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको व्यवस्था भएको,शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था,बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने,दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,बिद्यार्थीहरुका लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था र जिल्लामै उत्कृष्ट नतिजा ल्यान सक्षम र सफल शिक्षालयको रुपमा स्थापित नामको रुपमा परिचित रहेको छ ।


