बारामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साझेदारी दैनिक
319 पाठक संख्या

बारामा पिकअप गाडीको ठक्करबाट सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित बाह किलो भन्ने ठाउँमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र.न.३–०३–००१ प ००३९ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट विराटनगर जाँदै गरेको प्र.न.–३–०१०–२२ च ३१९७ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका वडा नं.११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका लागि सामुदायिक प्रसूति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बायाँ हात र ढाडमा चोट लागेको छ । घाईतेको उपचार भइरहेको छ ।

ठक्कर दिने पिकअप गाडीका चालक काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review