बाराको कलैया बजारमा यतिखेर माटोको दियोको विक्री बढेको छ ।
दिपावली तथा तराई मधेशको महापर्व छठ नजिकिदै गर्दा माटोले बनेको भाँडाको सबैभन्दा बढी माग हुने गर्छ ।
चाडपर्व विना पनि माटोको भाँडा विक्री हुदै आएको बारा सदरमुकाम कलैया बजारमा यतिखेर माटोको भाँडाको माग बढेको छ ।
दिपावलीको लागि चाहिने माटोको दियो तथा महापर्व छठमा चाहिने माटोको हात्ती,ढकनी लगायतको सामाग्रीको विक्री बढेको हो ।


