पर्सामा छठपर्वको तयारी,छठी घाट सजाइदै

राम मण्डल
354 पाठक संख्या

नजिकिएको छठपर्बको लागि छठीघाटहरु सजाउने क्रम जारी रहेको छ ।

बारा पर्सा,रौतहट लगायत छठ मनाउने सबै स्थानमा छठघाट सजाउने कार्यले तीव्रता पाएको छ ।

छठपर्बको लागि पर्सा जिल्लाका स्थानीय तहदेखि लिएर वडा वडाहरुमा स्थानीयबासी एवम् बिभिन्न संघ संस्थाहरुले छठघाट सजावट गर्ने कार्यलाई तीब्रता दिएका छन ।

छठ पूजाको लागि नदी,तलाउका किनारमा बनाईने घाटलाई सजाउनको लागि अहिले स्थानीयदेखि लिएर जनप्रतिनिधि, बिभिन्न दलका नेता कार्यकर्ताहरुसम्म लागेका छन् ।

छठ पूजाको लागि सजाईने घाट आकर्षक र सफा देखियोस भन्ने उद्देश्यले घाटहरुमा टेन्ट लगाउने,झालर बत्तीहरु लगाएर झिलिमिली बनाउने कार्य तीब्र गतिमा भईरहेको छ ।

वीरगञ्जमा पनि छठघाट सजाउने कार्यलाई तीव्र बनाईएको स्थानीयबासीहरुले बताएका छन् । वीरगञ्जको घडिअर्वा, नगवा,रानीघाट,छपकैया,परवानीपुर,लालपर्सा छठघाट लगायतमा अहिले धमाधम सजावट गर्ने कार्य भईरहेको छ ।

तराई मधेसमा मनाईने सबै भन्दा ठुलो एवम् आस्थाको पर्व छठ पूजाको बिशेष महत्व रहेको छ । यस पर्बमा घाट सजाउने कार्य बिशेष रुपमा हुने गरेको छ ।

स्थानीयबासीहरु पनि घाट ुसजाउने कार्यकमा छठपर्बको एक हप्ता पहिलेदेखि नै लाग्ने गरेका छन् ।छठ पूजा आफ्नो घरमा मनाईने भएकोले आफु घाटमा आएर सरसफाई सँगै सजावटको काम गरिरहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलका सुभास साहले साझेदारी दैनिकलाई बताए ।

आफ्नो परिवारमा तीन जनाले यस वर्ष छठ व्रत गर्ने उनले बताए । हरेक वर्ष नै परिवारजनले छठ पूजा गर्ने उनले जनाए । नजिकै रहेको नदी किनारको घाटको सजावट गरिरहेको उनले जानकारी दिए ।

छठ पूजाको महत्व बिशेष छ । आफु पनि पूजामा भएका कारणले अहिले हरेक दिन बिहानको समयमा घाटमा गएर सजाउने कार्यमा सहयोग गरिरहेको उनले सुनाए ।

साथीहरुलाई पनि घाट सजाउनको लागि लिएर आउने गरेको उनले जनाए । यस वर्षको छठ पूजाको सझिया घाँट आईतबार परेको छ ।

उक्त दिनसम्म महानगरका हरेक वडामा रहेको छठघाटलाई सजाएर चिटिक्क पार्ने कार्यभईरहेको छ ।छठपर्बमा ब्रतालुहरुले नजिकै रहेको नदी,तलाउको किनारमा घाटमा गई सूर्यको उपासना गर्छन् ।

अस्ताचल गामी तथा उदयगामी सूर्यलाई अध्र्य दिने चलन रहेको छ । छठी व्रत गर्नाले परिवारमा सुख हुनुका साथै सन्तान प्राप्ति हुने,मनोकांक्षा पूर्ण हुने,चर्मरोग निको हुने लगायतको विश्वास रहेको छ ।

Leave a review