श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको नया भवनको उद्घाटन

साझेदारी दैनिक
398 पाठक संख्या

बाराको नौतनमा श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको नया भवनको उद्घाटन गरिएकोे छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सो सहकारी रहेको छ ।

श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

बिगत ४ वर्ष देखि परवानीपुर चौक स्थित श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई सेवा दिदैआइ रहेको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सोमबार संस्थाको १० औं वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष रोशन कुमार गुप्ताले भवनको उद्घाटन गरेका हुन् ।

यस कार्यक्रममा प्रमुख अतिथी राम पटेल लगायत संस्थामा कार्यरत कर्मचारीहरु रितिका साह,सोभा,अर्जुन पासवान, सिधान्त पटेल,कृति चौरसिया र सयौं शेयरधारक तथा संचारकर्मी रामनिवास पटेल,उपेन्द्र साह लगाएतका उपस्थिति रहेको थियो।

ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतु नया भवनको निर्माण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्दन गुप्ताले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds