सशस्त्र प्रहरीको मिलोमतोमा मटिअर्वा नाकाबाट भारतीय समानको तस्करी

साझेदारी दैनिक
साझेदारी दैनिक 566 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको बीओपीको मिलोमतोमा भारतको आदापुरबाट सरसमानको तस्करी शुरु भएको छ । भारतको आदापुरबाट मटिअर्वाको निलकण्ठवा र शनिचरा मठ नाकाबाट कपडा, सुर्ती, रजनीगन्धा गुट्खा, किराना समान लगायका सरसमानको तस्करी व्यापक रुपमा भईरहेको स्थानीयबासीले बताएका छन ।

बीओपीमा लामो समयदेखी कोर्ट मास्टरको रुपमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार सुदर्शन लामा र सशस्त्र प्रहरी सहायक निरीक्षक धन बहादुर बि.क.तस्करहरुसंग पैसा लिएर तस्करीको लाइन दिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राजा र राजेश नाम गरेका व्यापारीले सुर्ती र रजनीगन्धाको तस्करी गर्ने गरेका छन ।

त्यसैगरी अर्का दुईजना व्यापारीले सशस्त्र प्रहरीको मिलोमतोमा कपडा र किराना समान कलैया सम्म पु¥याउने गरेका छन । सशस्त्र प्रहरी सहायक हवलदार लामा र सशस्त्र प्रहरी निरीक्षक बि.क.ले ती व्यापारीहरुसंग रकम लिएर तस्करीगर्न लाईन दिएको स्रोतले जनाएको छ ।

सहायक हवलदार लामा लामो समयदेखि सशस्त्र प्रहरीको १२ नम्बर गणका हाकिमहरुलाई खुशी पारेर बीओपीमै कार्यरत रहँदै आएका छन । स्रोतका अनुसार सशस्त्र प्रहरीको बीओपीको पछाडीबाट दिनहुुँ साइकलमा भारतको आदापुरबाट गहुँ ल्याएर मटिअर्वामा जम्मा गरेर दैनिक तीनरचार ट्रयाक्टर सम्म गहुँ कलैया सम्म पुग्ने गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले खुल्ला सिमानाका कारण समस्या भएको बताउनु भयो । वहाँले खुल्ला सिमानाका कारण तस्करी शुन्य पार्न कठिन भएको बताउनु भयो । आफ्नो कुनै पनि प्रहरीले कसैसँग रकम लिएर तस्करीको लाईन दिन नसक्ने सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले दाबी गर्नु भयो ।

समाचार शेयर गर्नुहोस
Leave a review