कलैया : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले किसान विरोधी नीतिहरु तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेका छन ।
काठमाडौंमा जारी उखु उत्पादक किसानको आन्दोलन स्थलमा पुगी बुधबार ऐक्यबद्धता जनाउदै नेता सोनलले यसरी आग्रह गरेका हुन । उनले किसानहरुको यथोचित मागहरु पूरा गर्न समेत सरकार संग आग्रह गरे । तत्काल उखु किसानका समस्या समाधान गर्न उनले सरकार संग माग गरे ।
उनले चाुल आर्थिक वर्षको बजेटमा तत्काल उखु अनुदान पूनःस्थापना गरी बक्यौता समेत भुक्तानी गर्न समेत माग गरे। राज्यले किसानलाई उपेक्षा गरेको उनको आरोप रहेको थियो ।
वर्तमान सरकारले चालु आर्थिक वर्षमा उखु किसानलाई दिँदै आईएको अनुदान रकम विनियोजन नगरेका कारण किसानहरुलाई बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले भने । उखु अनुदानको माग गर्दे उखु किसान महासंघको अगुवाईमा देशभरीका उखु उत्पादक किसानहरु काठमाण्डौ माईतीघर मण्डलामा आन्दोलनमा उत्रिएका छन।


