फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 118 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले कुटपिट मुद्दामा अदालतबाट ३ हजार २ सय ४९ रुपैयाँ जरिवाना पाएका बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३० वर्षीय राजेश सहनी भन्ने दिनेश सहनीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review