पोखरिया नगरपालिकाले वितरण गरेको ग्याँस चुल्होमा अनियमतिता

राम मण्डल
321 पाठक संख्या

पर्साको पोखरिया नगरपालिकाले वितरण गरेको ग्याँस चुल्होमा अनियमितता भएको तथ्य फेला परेको छ ।

नगरपालिकाले वडा नम्बर–५ मा बजेटको पैसाले वितरण गरेको ग्याँस चुल्होमा अनियमतिता भएको आरोप लागेको हो ।

नगरपालिकाले केही दिन पहिले वितरण गरेको ग्याँस चुल्होमा ठेकेदारले अनियमितता गरेको आरोप लागेको हो । अर्कै कम्पनीको ग्याँस चुल्हो खरिद गरेर बितरण गरेको आरोप स्थानीयबासीहरुको रहेको छ ।

नगरपालिका वडा नम्बर ५ मा  ग्याँससहितको सिलिन्डर, चुल्हो,रेगुलेटर,पाइप,लाइटर,पेच वितरण गर्ने योजना अनुसार ग्याँस चुल्हो वितरण भएको थियो ।वडालाई धुवाँरहित बनाउनको लागि नगरपालिकाले चुल्हो वितरण गरेको हो ।

ठेकेदारले अर्कै कम्पनीको चुल्हो खरिद गरेको आरोप स्थानीयले लगाएका छन ।ठेकेदारले सुर्य कम्पनीको ग्याँस चुल्हो वितरण गर्ने भनि ठेक्का लिएको भएपनि उक्त नामसित मिल्दो जुल्दो सिरया कम्पनीको चुल्हो नगरबासीलाई वितरण गरेको पाइएको छ ।

चुल्हो वितरणमा अनियमितता भएको भए वा जुन नामको चुल्हो हो त्यो बाहेक अन्य चुल्हो वितरण भएको भए त्यसको छानबिन हुनुपर्ने स्थानीय एवम् नेपाली काँग्रेसका नेता सुरेन्द्र सिंहले माग गरे । वडा नम्बर ५ का चार सय घरपरिवारलाई हालसम्म चुल्हो वितरण गरिएको छ ।

चुल्हो कुन कम्पनीको हो भन्ने कुरा वडा सचिव र हाकिमलाई नै थाहा भएको वडा नम्बर ५ का वडाध्यक्ष महिन्द्र महतोले जानकारी दिए ।आफु कम पढेलेखेको भएका कारणले ग्याँस चुल्हो कुन कम्पनीको हो भनेर ठम्याउन नसकेको उनले बताए ।

तर वडाबासीलाई चुल्हो भने वितरण भईसकेको उनले बताए । नगरपालिकाले चालु आर्थिक बर्ष ०८०÷८१ म वडा नम्बर ५ मा ३६ लाख ९० हजार रकम बजेट ग्याँस चुल्होको लागि छुटयाएको थियो ।सोही अनुसार ठेकेदारले ग्याँस चुल्हो खरिद गरेर नगरपालिकालाई वितरणको लागि दिएको थियो ।तर चुल्हो अर्कै नामको भनेर प्रश्न चिन्ह खडा भएको छ ।

नगरपालिकाका योजना शाखाका प्रमुख सन्जय पाण्डेले ग्याँस चुल्हो खरिद कार्य आफनो शाखाले नभई जिन्सी शाखाले गरेको बताए । यस सम्बन्धी नगरपालिकाका जिन्सी शाखाका प्रमुख मनोज साहले ब्राण्ड सुर्या नै भएको भने। तर त्यसमा पनि कुन चुल्हो भनेर हेरेर बताउने जानकारी दिए ।

पोखरिया नगरपालिकामा नगरपालिकामा खरिद भई वितरण गरिएको ग्याँस चुल्होमा अनियमितता भएको भनि प्रश्न उठेको छ । 

Leave a review