बारा प्रहरीले एक ईटा उद्योगबाट ३४ जना भारतीय नागरिकलाई उद्धार गरी भारतीय सीमा सुरक्षा बललाई हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।
बाराको पचरौता नगरपालिका वा नम्बर ७ बेनौलीस्थित साफा उद्योगमा काम गरिरहेको अवस्थामा उद्धार गरिएको हो ।
सो उद्योगमा अलपत्र परी काम गरिरहेका १५ जना बालबालिका,१० जना महिला र नौ जना पुरुषलाई प्रहरीले उद्धार गरेको हो ।


