महिलाले मात्रै गराउछन मधेशमा बन्ध्याकरण

राम मण्डल
299 पाठक संख्या

मधेसमा पुरुषहरुले निक्कै कम मात्रामा परिवार नियोजन स्थायी बन्ध्याकरण गराउने गरेको तथ्य रहेको छ ।

मधेसमा पुरुषहरुले नभई प्रायः महिलाहरुले मात्रै परिवार नियोजन स्थायी बन्ध्याकरण गराउदै आएका हुन् ।

सरकारले निःशुल्क रुपमा महिला र पुरुष दुबैजनाको लागि परिवार नियोजनको स्थायी बन्ध्याकरण सुबिधा उपलव्ध गराउदै आएको छ ।मधेसमा पुरुषहरुले भने यो सुबिधा निक्कै कम मात्रामा प्रयोग गर्ने गरेका छन् ।

सरकारले समय समयमा आम जनताको नजिकै रहेको स्वास्थ्य संस्थाहरुमा पुगेर शिवीर मार्फत महिला पुरुष दुबैको लागि परिवार नियोजनको स्थायी साधन उपलव्ध गराएको आउँदै आएको छ ।

समाजमा रहेको पितृ सत्तात्मक सोच,गलत धारणाका कारणले पुरुषहरु स्थायी बन्ध्याकरण नगराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जन स्वास्थ्य अधिकृत बालकिशोर यादवले साझेदारी दैनिकलाई जानकारी दिए ।शिवीरमा महिला पुरुष दुबैको लागि सुबिधा उपलव्ध रहेको उनले बताए ।महिला भन्दा पुरुषले स्थायी बन्ध्याकरण गराए सहज र सजिलो हुने यादवले बताए ।

यौन शक्ति हस हुने गलत सोचाईका कारणले पुरुषले स्थायी बन्ध्याकरण नगराउने गरेको उनले बताए ।अहिले मधेस प्रदेश सरकारले पर्सामा सन्तानको ईच्छा पुगिसकेका दम्पतिहरुको लागि स्थायी बन्ध्याकरणको शिवीर चलाईरहेको छ ।

गत पुस १८ गतेदेखि वीरगञ्ज महानगरपालिका ३० लालपर्सा स्वास्थ्य चौकीबाट शुरु गरिएको उक्त शिवीरमा महिला र पुरुष दुबैको लागि स्थायी बन्ध्याकरणको सुबिधा भएपनि अहिलेसम्म एक जना पनि पुरुषले बन्ध्याकरण नगराएको जनाइएको छ ।

महिलाहरु मात्रै आएको पुरुषहरु भने स्थायी बन्ध्याकरणको लागि नआएको वीरगञ्ज महानगरपालिका ३१ बेल्वा स्वास्थ्य चौकीका ईन्चार्ज रेजा अहमदले बताए ।

सरकारले स्थानीय तहसित समन्वय गरेर पर्सामा महिला र पुरुष दुबै जनाको लागि स्थायी बन्ध्याकरण सेवा दिने शिवीर चलाएको छ ।जसमा बन्ध्याकरण गराउने दम्पतिको लागि प्रोत्साहन रकम र जाडोको लागि एउटा व्ल्याकेट पनि निःशूल्क दिने गरेको छ ।

महिलाहरु मात्रै हालसम्म बन्ध्याकरणको लागि आएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीका ईन्चार्ज मेवालाल ठाकुरको भनाई छ ।

सरकारले सन्तानको रहर पुगिसकेका दम्पतिहरुलाई परिवारको ब्यवस्थापनको लागि निःशुल्क रुपमा स्थायी बन्ध्याकरण सेवा दिदै आएको छ । मधेसमा पुरुषहरु भने स्थायी बन्ध्याकरण नगराउने गरेका छन ।

Leave a review

This will close in 0 seconds