बाराको जीतपुरमा रहेको जनकल्याण बहुउश्यीय सहकारी संस्था लि.को एक दिने अन्तरक्रिया तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जनकल्याणले रौतहटको नुनथलमा शेयर सदस्यहरुसँग अन्तरक्रिया गरेको हो ।कार्यक्रममा संस्थाका गतिविधि तथा जानकारी सहितको प्रस्तुति संस्थाका प्रबन्धक सन्तोष यादबले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख अधिकृत सुधन चौधरीले सहकारी स्व अनुसाशन, स्व नियन्त्रण र स्व नियमनमा सञ्चालन भएका संस्थाहरु कहिले पनि समस्यामा नपर्ने बताए ।
उनले सहकारी संस्थामा सदस्यहरुको भूमिका र सञ्चालक तथा व्यवस्थापनको भूमिकाका बारे प्रष्ट पारेका थिए । कार्यक्रममा करिब १ सय ५१ जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले सहकारी क्षेत्रमा विश्वसनियता कमाएको उल्लेख गर्दै सदस्यहरुसंग सदैव पारिवारीक सम्बन्ध कायम गरेको जनाए ।
उनले संस्थाको सफलताको प्रमुख सूचक नै सदस्यहरुसंगको प्रगाढ सम्बन्ध कुशल व्यवस्थापन रहेको बताए ।
संस्थाका कोषाध्यक्ष किरणराज गिरीले संस्थाका आधारभुत लेखानिती अनुसार संस्थाले सदस्यहरुसंग कारोवार गर्दै आएको र सदस्यहरुलाई पारदर्शी रुपमा संस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी दिइरहेको बताए ।
संस्थाका शेयर सदस्य तथा शिक्षक कालिका प्रसाद ढकालले जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाले संस्थाको नाम अनुसार बहुउदेश्यीय कार्यहरु गरी जनताको मन मनमा बस्न सक्नुपर्नेमा जोड दिए । उनले संस्थालाई बचत तथा ऋणको कारोबारमा मात्र सिमित नरहन अनुरोध गरे ।
संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा कोल्हबी नगरपालिकाको शहकारी शाखा प्रमुख अधिकृत लोकनाथ ओली,राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख चन्द्रमणी भट्टराई,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार,सहायक प्रबन्धक नरेश महरा,संस्थाका सचिव कपिल देव प्रसाद यादब,सञ्चालक सदस्य मुनि पाठक,बिद्या देबी महर्जन लगायतको सहभागिता रहेको थियो ।

