बारामा ३१ लाख बराबरको खुद्रा समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
494 पाठक संख्या

बारा प्रहरीले ३१ लाख बराबरको खुद्रा समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बाराको जीतपुर सिमरा उप- महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट काठमाण्डौ र रौतहटबाट चितवन जादै गरेको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो ।

ना. ३.ख.४५३० न.को ट्रकमा लोड खुद्रा समान अन्दाजी मुल्य रू. २९ लाख ८२ हजार ३ सय ६ रुपैयाँ बराबरको समान बरामद गरेको छ ।

त्यस्तै प्र.२-०३-००१ च.२३९४ न.को पिकअपमा लोड अन्दाजी २ हजार ६ सय के.जी. प्याज अन्दाजी मुल्य १ लाख ४ हजार रुपैयाँ बराबरको समान प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी बा.प्र.-०३-००१ ख ०१८९ नं. को यात्रु बाहक बसमा लोड अन्दाजी ४ सय किलो प्याज अन्दाजी मुल्य २० हजार रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ३१ लाख ६ हजार ३ सय ६ रूपैया बराबरको खुद्रा समान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

समानसहित ट्रक र पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाईएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

Leave a review