एक महिनादेखि आतँक मच्चाउदै आएको एउटा पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट बिहीबार दिउसो सो बाघलाई नियन्त्रणमा लिएको छ ।पछिल्लो एक महिनादेखि जंगलसित सीमाना जोडिएका पर्साका पालिकाहरुमा सो बाघले आतंक मच्चाउदै आएको थियो ।
निकुञ्ज र वनको टोलीले गाउँपालिकाको वडा नम्बर २ स्थित उखुबारीमा लुकेर बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लिएको हो ।
एक महिनादेखि आतंक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिनको लागि चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट टोली आएको सब डिभिजन बन कार्यालय रँगपुरका रेञ्जर कपिलदेव यादवले जानकारी दिए ।
एक ठाउँबाट अर्को ठाउँमा स्थान परिबर्तन गर्दै आएको बाघ सिसिटीभीमा देखिएको थियो । उखुबारीबाट डार्ट गरि बाघलाई टोलीले नियन्त्रणमा लिएको हो ।पछिल्लो एक महिनादेखि सखुवा प्रसौनी गाउँपालिका,पटेर्वा सगौली र पर्सागढी नगरपालिकामा सो बाघले आतंक मच्चाएको बताइन्छ ।
उक्त बाघले पटेर्वा सुगौलीमा एक जनाको ज्यान लिएको थियो ।यस्तै दर्जनौ पशु चौपायालाई घाईते बनाएको थियो ।
बाघले लागातार आतँक मच्चाउन थालेपछि बन र निकुञ्जको टोली नियन्त्रणको लागि खटेको डिभिजन बन कार्यालय पर्साका प्रमुख हेमन्त साहले साझेदारी दैनिकलाई बताए।अहिले पनि एउटा पोथी बाघले उक्त क्षेत्रमा आतँक मच्चाउदै आएको छ ।नियन्त्रणमा लिइएको १८ महिनाको पाटे बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगिएको छ ।

