पर्सा प्रहरीले वीरगञ्जमा रहेको होटेल भिस्वाको क्यासिनोबाट चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले क्यासिनोबाट कास्की पोखरा महानगरपालिका –१५ बस्ने सिएमजी क्लबका सेक्युरिटी गार्ड प्रताप लामालाई पक्राउ गरेको हो ।
सिएमजी क्लबका मार्केटिङ म्यानेजर .सर्लाही बरहथवा नगरपालिका–११ बस्ने उमेश कार्की, क्लबका फ्लास मनिटर पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने पप्पु सिंह र वडा नम्बर ८ बस्ने सुरज कुमार कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।
होटेलको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको सूचनाको आधारमा पर्सा प्रहरीले क्यासिनोमा प्रबेश गर्न खोजेको हो ।
प्रहरी सित चारैजनाले बाद बिबाद गरी अवरोध गरेका थिए ।प्रहरीको कारवाहीमा अवरोध गरेको भन्दै चारै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाइ जानकारी दिए ।
पक्राउ परेकाहरु बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

