मधेसका पाँच जिल्लाका एसपीहरुको एकैपटक सरुवा

राम मण्डल
1.1k पाठक संख्या

मधेस प्रदेशका पाँच जिल्लाका एसपीहरुको एकैपटक प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

मधेसका आठ मध्ये पाँच जिल्लाका एसपीहरुको एकैपटक सरुवा गरेको कार्यालयले सरुवा सम्बन्धी सूचना निकालेर जनाएको छ । मधेसको बारा,रौतहट,महोत्तरी,धनुषा र सर्लाहीका प्रहरी प्रमुख एसपीको सो कार्यालयले सरुवा गरेको छ ।

बाराका एसपी सुरेश काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।उनको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखा काठमाडौंबाट महेन्द्र खडका आउने भएका छन् । धनुषाका एसपी मित्रबन्धु शर्माको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा सरुवा भएको छ । उनको स्थानमा प्रतिष्ठानबाट भुवनेश्वर तिवारीलाई धुनषा ल्याइएको छ।

सर्लाही जिल्लाका एसपी दयानिधी ज्ञवालीको नेपाल प्रहरी केन्द्रिय बिशेष कार्यदल काठमाडौंमा सरुवा गरिएको छ । सर्लाहीको एसपीमा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय काठमाडौंबाट रबिन्द्र बहादु सिंहलाई सरुवा गरेको छ ।

यता रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठको पनि सुदुर पश्चिम प्रदेश कार्यालय कैलालीमा सरुवा भएको छ । उनको स्थानमा अपराध अनुसन्धान बिधालय काठमाडौंका दिलिप घिमिरे पठाईएको छ ।

महोत्तरीका एसपी श्यामकुमार राईलाई अपराध अनुसन्धान बिधालय काठमाडौंमा सरुवा गरी पठाइएको छ ।उनको स्थानमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नकुल पोखरेललाई सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले देशका १६ जिल्लाका एसपीहरुको शुक्रबार सरुवा गरेको हो । सो मध्ये मधेसका पाँच जिल्लाका एसपीको सरुवा भएको हो ।मधेस प्रदेशमा रहेको आठ वर्टै जिल्लाहरु भारतसित सिमाना जोडिएका जिल्लाहरु हुन् ।

यी जिल्लामा अपराधका घटनाहरु बढी हुने गरेका छन । भारतसितको खुल्ला सीमानाकै कारण मधेसका जिल्लाहरुमा दिनदहाडै तस्करी, अपराधिक क्रियाकलाप लगायतका घटनाहरु हुदै आएका छन् ।

Leave a review