कलैयामा आज विद्युत सेवा अवरुद्ध हुने

साझेदारी डेलि
38 पाठक संख्या

कलैया । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले कलैया सबस्टेसनमा मर्मत तथा सुधारको काम गर्न आज बिहान ११ बजेदेखि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

वितरण केन्द्रका अनुसार कलैया उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा नयाँ स्विच जडान गर्ने तथा कलैया सबस्टेसनमा आवश्यक मर्मतसम्भारको काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

आज कात्तिक १५ गते बिहान ११ बजेदेखि नगरपालिका फिडर र रामपुर फिडरअन्तर्गतको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहने वितरण केन्द्रले जनाएको छ।

विद्युत सेवा अवरुद्ध हुँदा वितरण केन्द्रबाट प्रवाह हुने समग्र विद्युत सेवा प्रभावित हुनुका साथै विद्युत आपूर्तिमा अनियमितता हुन सक्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समयमा मर्मत तथा जडान कार्य सम्पन्न गरी यथाशीघ्र विद्युत सेवा सुचारु गरिने कलैया वितरण केन्द्रले जनाएको छ।

Leave a review