छयालीस लाख भन्दा बढीको अबैध सामान बरामद

संदिप प्रसाद यादव
355 पाठक संख्या

बारा प्रहरीले ४६ लाख २५ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो ।

विल विजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. ४६ लाख २५ हजार तीन सय ८५ रूपैयाँ बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.०७ स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको गरेको प्रदेश ३ ०१–००५ ख ९७२४ मिनि ट्रकलाई रोकी जाच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो ।

उक्त मिनि ट्रकबाट मुल्य रु.२३ लाख ४१ हजार २ सय ८१ रुपैया बराबरको बिभिन्न खुद्रा समानहरु तथा सो सामानहरुको स्रोत खुलाउन नसकेको र बिलविजक भन्दा बढी सामान रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जितपुरसिमरा उप–महानगरपालिका वडा नं. ०१ पथलैया चोक स्थित बिरगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ३ ख ८१०३ नं. को ट्रकलाई रोकी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ ।

उक्त ट्रकबाट अन्दाजी मूल्य रु. २२ लाख ८४ हजार १ सय ४ रुपैया बराबरको खुद्रा सामानहरुको श्रोत खुलाउन नसकेको र बिलबिजक भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review