वीरगञ्जको गोदाममा छापा,करोडौको कपडा बरामद

साझेदारी दैनिक
421 पाठक संख्या

राजश्व अनुसन्धान कार्यालय पथलैया र पर्सा प्रहरीले वीरगञ्जको महावीर स्थान नजिकै रहेको एउटा गोदाममा छापामारी गरेको छ ।

राजश्व छली गरेर बिभिन्न सामानहरु ल्याएर भण्डारण गरिएको सूचनाको आधारमा छापामारी गरिएको हो ।

राजश्व अनुसन्धान कार्यालय पथलैया र पर्सा प्रहरीले महावीरस्थान नजिकै रहेको पम्पम बिल्डिङ्गस्थित उक्त गोदामबाट टोली ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।

ठुलो परिमाणमा राजश्व छलीका कपडा बरामद भएको तथा यस सम्बन्धी थप विवरणहरु आउन बाँकी रहेको छ । 

Leave a review

This will close in 0 seconds