बाराका क्रिकेट खेलाडी अनिल कुमार साह टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको राष्ट्रिय टोलीमा छनौट भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सार्वजनिक गरेको विश्वकपका लागि छनौट भएका खेलाडीहरुको घोषणामा साह पनि परेका छन ।
रोहितकुमार पौडेल (कप्तानी)मा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा हुदा बाराका खेलाडी साह पनि परेका हुन ।
आगामी महिना अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकप क्रिकेट खेल्नेछन् नेपाली टोलीले
विश्वकप क्रिकेटको समूह डीमा रहेको नेपाली टोलीले जुन ४ तारिखमा नेदरल्याण्डविरुद्ध पहिलो खेल खेल्नेछ ।
सोही खेलका लागि छनौटमा परेका साहसंगै रोहितकुमार पौडेल (कप्तान),दीपेन्द्रसिंह ऐरी,कुशल भुर्तेल,आसिफ शेख,सन्दीप जोरा, कुशल मल्ल,गुलसन झा,सोमपाल कामी,करण केसी,प्रतिश जिसी, ललितनारायण राजवंशी,अभिनाश बोहोरा,कमलसिंह ऐरी र सागर ढकाल रहेका छन् ।


