कलैया-२७ मा तेस्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

साझेदारी डेलि
472 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर- २७ मा तेस्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

कलैया उपमहानगरपालिका-२७ बर्वास्थित खेलकुद मैदानमा श्री ब्रहमबाबा युवा क्लबको आयोजनामा तथा वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता आजदेखि सुरु भएको हो।

वडा अध्यक्ष अशोक कुमार तिवारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाकी उप–प्रमुख रौशन प्रविणले फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।

उक्त प्रतियोगितामा कुल १६ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरिया, बन्ठाकट्टी, रामपुर्वा, अमाव, फत्तेपुर, उमजन, औरहा, साइनिङ स्टार युथ क्लब, कोनिया युथ क्लब वीरगञ्ज, दारु एफसी, जैतापुर, बारा क्रिश्चियन युथ क्लब, निर्वाचन प्रहरी, गोलापट्टी, जेन्जी युवा क्लब र दोहरी एफसी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

ब्रहमबाबा युवा क्लबका अध्यक्ष प्रदुमन चौधरीका अनुसार प्रतियोगिताको उद्घाटन खेल पोखरिया र बन्ठाकट्टी क्लबबीच हुँदै छ। प्रत्येक खेल ३५/३५ मिनेटको हुने उनले जानकारी दिए।

उद्घाटन कार्यक्रममा खेलकुद विकास समिति कलैया नगरका अध्यक्ष महम्मद एमसमुउल्लाह, जिल्ला समन्वय समिति बाराका सदस्य प्रदीप केशरी, कलैया उपमहानगरपालिका–२ का वडा अध्यक्ष राजेश महतो, वडा नं. १५ का वडा सदस्य ओहाब अन्सारी, सुनिल यादव, करैयामाई गाउँपालिका–३ का वडा अध्यक्ष पशुराम यादव लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds