नेपाल ट्रेड युनियन कांग्रेस बाराको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
229 पाठक संख्या

कलैया : नेपाल ट्रेड युनियन कांग्रेस बाराको आयोजनामा कलैयामा आइतबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

बारा जिल्लाको कलैयास्थित नेपाली कांग्रेस पार्टी कार्यालय बाराको वि.पि स्मृति भवनको सभा हलमा सो कार्यक्रम भएको हो।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजलाई मानिन्छ। नेपाल टूेड युनियन कांग्रेस बाराका अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख तथा नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेशराय यादव रहेका थिए।

यादवले नेपाली महिलाहरुको महत्वपूर्ण पर्व रहेको बताए। उनले यो साँस्कृतिक पर्व रहेकोले यस पर्वको माध्यमबाट महिला सशक्तिकरण गर्न सकिने बताए। नेपाली महिलाहरुको यो विशेष पर्वमा आफ्नो तर्फबाट उनले शुभकामना दिए।

महिला सशक्तिकरणको पक्षमा पार्टीले काम गरिरहेको उनले जनाए। उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टी बाराका उप सभापति मनोज भट्ट,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,नेपाल ट्रेड युनियन बाराका उप सभापति वसन्त घिमिरे,विभिन्न संघका पदाधिकारी,नेता,कार्यकर्ता,महिलाहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review