समुदायको बिकास निर्माण प्रक्रियामा समुदायको योजना तथा सहभागिताकोलगि बाराको सिमरामा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ ।
आवासका लागि सहयोग समूह ‘लुमन्ती’ को आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । उपमहानगरभित्रका ४ वटा वडाहरुको योजना र प्रतिबद्धतामा हस्ताक्षर भएको छ ।
लुमन्ती वडाहरुमा पुगेर योजनाको नाम सहित त्यहाँका समुदायलाई आवश्यक रहेको १० वटा योजनाहरु सुचिकृत गरी तयार पारेको थियो । त्यही योजनामा नगर प्रमुख राजन पौडेल,उपप्रमुख भोला प्रसाद अधिकारी र ४ वटा वडाका वडा अध्यक्षहरुले हस्ताक्षर गरेका थिए ।
वडा अध्यक्ष तथा जनाप्रतिनिधहरुले पनि पुरा गर्न सकिने योजनामा हस्तारक्षर र पुरा गर्न लामो समय लाग्ने योजनामा नगर तथा वडामा छलफल गर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पौडेलले समुदायबाट आएका सबै योजनाहरु जीतपुरसिमरा उपमहानगरपालिकाले पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
लुमन्तीले वडा वडामा पुगेर विभिन्न समयुदयहरुसँग छलफल गरेर योजनाहरुको प्रदर्शनी मेला आयोजना गरेको भन्दै उनले प्रसंशा गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ ,११ ,१९ र २० मा लुमन्ती संस्थाले उपमहानगरपालिकाको सहभागितामा आर्थिक अवस्था कमजोर भएको घरपरिवारको लागि १ सय ४० वटा घर बनाउँने भएको छ ।
जसमा उपमहानगरपालिकाले प्रत्येक घर निर्माणको लागि रु ५० हजार र लुमन्ती संस्थाको तर्फबाट २ लाख २० हजार रुपैया आर्थिक सहभागिता रहने लुमन्ती संस्थाका अभिलेख तथा सुचना शाखा प्रमुख अनन्त बज्रचार्यले जानकारी दिए । उनले समुदायकै ब्यक्तिहरुको सहकार्यमा ३ बर्षभित्र घर निर्माण गरिसक्नुपर्ने लक्ष्य रहेको जानकारी दिए ।
बोर्ड सदस्य सरला के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी,नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, वडा नं.९ का वडा अध्यक्ष मोतिलाल यादब,वडा नं.११ का वडा अध्यक्ष बिन्दालाल साह,वडा नं.१९ का वडा अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री र वडा नं.२० का वडा अध्यक्ष रसुल मिया लगायत ४ वटा वडाका सर्बसधारणहरुको सहभागिता रहेको थियो ।
कार्य क्षेत्र संयोजक अब्दुल कैसको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन रबिकान्त तिबारीले गरेका थिए ।

