मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता

रासस
275 पाठक संख्या

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।

मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यही भदौ ६ गते उहाँ भ्रमणमा जानुभएकको थियो । त्यहाँ रहँदा उहाँले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

Leave a review