धान रोपाई महोत्सव भब्यताका साथ मनाईयो

साझेदारी दैनिक
253 पाठक संख्या

बारामा २१ औं धान दिवस तथा रोपाई महोत्सव भब्यताका साथ शनिबार मनाइएको छ । जलवायू मैत्री कृषि,धान उत्पादनमा बृद्धिू भन्ने मुल नाराका साथ २१ औं राष्‍ट्रिय धान दिवस मनाईएको हो ।

बाराको महागढीमाई नगरपालिकामा आयोजित धान रोपाई कार्यक्रममा आफू विशुद्ध किसानको छोरा भएकोले किसानको मर्म बुझेको बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनजागरण युवा क्लब जेजेवाईसी बारा र महागढीमाई नगरपालिकाको संयुक्त आयोजनामा भएको धान रोपाई कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले यस्तो बताएका हुन्। उनले किटनाशक विषादीको प्रयोग कम गरेर माटोको स्वास्थ्य बचाउन कृषकहरुलाई आग्रह गरे ।

उनले किसानको उत्पादन भण्डारणका लागी उचित व्यवस्थापनमा आफ्नो विशेष ध्यान रहेको बताए ।

कार्यक्रमको औपचारिक उद्घाटनमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले हिमाल,पहाड र तराईमा खट्न सक्ने युवा जनशक्ति विदेशिदा खेतहरु बाझो हुने क्रम बढेको बताए । उनले कृषि कर्मलाई सम्मानको रुपमा ग्रहण गर्न र खेत सकेसम्म बाझो नराख्न कृषकलाई आग्रह गरे ।

उनले किसानको पौरख विना संसार भोको हुने भएकोले कृषिकर्म प्रती सबैको योगदान हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका जेजेवाईसीका अध्यक्ष भैयाराम यादवले अहोरात्र कृषिकर्ममा खटिने किसानकर्मको सम्मान गर्नु पर्ने बताए। उनले कृषि उत्पादन गर्नेहरुलाई हर सम्भव साथ सहयोग गर्न सबैको तत्परता आवश्यक रहेकोमा जोड दिए ।

उनले ईस्लामिक रिलिफ नेपाल,ईस्लामिक रिलिफ क्यानडाको सहयोग तथा जेजेवाईसीको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढीकरण एस.सि.आर परियोजना अन्तर्गत गठित कृषक समूहहरुलाई २ विगाहा खेत लिजमा उपलब्ध गराएर ५ वर्ष सम्म उत्पादन तथा उपयोग गर्ने अवसर जुटाई दिएकोमा महागढीमाई नगरपालिकालाई धन्यवाद दिए ।

स्थानिय कालिकामाई,जोरलाहिमाई र श्री गढीमाई महिला कृषक समूहका ६० जना महिलाको सहभागिता रहेको धान रोपाई कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रशासन शाखा प्रमुख गणनायक ठाकुर,कृषि शाखाका प्रमुख भोगेन्द्र साह,कार्यपालिका सदस्य,वार्ड सदस्य मनोज यादव,कर्मचारीहरु,महिला सेलका प्रहरी निरीक्षक बिमला कठायत,जटा शंकर यादव,जेजेवाईसीका कोषाध्यक्ष सियाराम यादव,कार्यक्रम व्यवस्थापक मनोज यादव,एस.सि.आर का कार्यक्रम संयोजक डा.अजय कुमार लगायतको सहभागिता रहेको सामाजिक परिचालक सुरेश प्रसाद यादवले जानकारी दिए ।

Leave a review