रौतहटमा शनिबार बस पल्टिँदा एक जनाको मृत्यु,सात घाइते

साझेदारी दैनिक
326 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको गौर–चन्द्रनिगाहपुर खण्डमा शनिवार विहान बस दुर्घटना हुँदा बसमा सवार एक जना किशोरीको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको छ ।

जिल्लाको गरुडा नगरपालिका–१ स्थित जयनगर चोकनजिक गौरबाट बिरगंजतर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट टोली पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई प्रहरीले स्थानीय अस्पतालमा उपचारको लागि पठाएको छ ।

त्यस्तै दुर्घटनामा गौर नगरपालिका–१ का नरेश दासकि २७ वर्शिया श्रीमती रन्जु देवि दास गम्भीर घाइते भएकि छन । गम्भीर घाइते भएकि दासको दाहिने हात भाचेको छ भने शरीरको विभिन्न भागमा चोट्पटक लागेको छ ।

दुर्घटनामा परोहा नगरपालिका–३ तेजापाकडका १६ वर्षका देवन्स कुमार दास, गौर नगरपालिका–४ का रमेश प्रसाद्का छोरा राकेश प्रसाद चन्द्रवन्शी,भारतको मधुवनी जिल्ला बासोपटी घर भइ गौर बस्ने नरेन्द्र झाको ४७ वर्षिया छोरा अविनाश झा,निज झाको श्रीमती ३५ बर्षकी निधि झा, सोही ठाउँ घर भएका नरेन्द्र कुमार झाको ६५ वर्षिया श्रीमती सुधना झा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबै जनाको गरुडा झाझ्पूल स्थित रहेको ग्राण्डि हस्पिटलमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बस कसरि दुर्घटना भयो भन्ने कारण अझै खुल्न न सकेको भए पनि तिब्र गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ ।

चालकको चरम लापरबाहीका कारण बस दुर्घटना भएको घाइते अविनाश झाले बताएका छन । तिब्र गतिमा रहेको बस ओभर टेक गर्ने क्रममा चालकले कन्ट्रोल गर्न नसक्दा बस पल्टेको झाको भनाइ छ ।

Leave a review