लगातार वर्षा भएसँगै पर्सा,बारा जिल्लाका किसानहरु धमाधम धान रोपाइ गर्न लागेका छन ।
दैनिक रुपमा वर्षा भइरहेकोले किसानहरु धान रोपाईमा लागेका छन् । बिहानदेखि बेलुकासम्म किसानहरुलाई खेतमा रहन्छन् ।
ब्याडमा राखेको बिउ रोप्नको लागि तयार भईसकेको तथा पानी परेर खेत रोपाईको लागि तयार रहेकोले किसानहरु अन्य काम छाडेर रोपाईमा व्यस्त रहेका छन् । पानी पर्न थालेसँगै किसानहरुले रोपाई गर्न शुरु गरेका थिए ।
पछिल्लो केही दिन देखि ठुलो पानी परेपछि अधिकांश किसानहरुको खेत रोपाई गर्नको लागि तयार भएको हो । आफु सहित गाउँभरिकै किसानहरु अहिले रोपाई गर्नमा लागेको पर्सा पटेर्वा सुगौलीका किसान जगतनारायण पन्जियारले जानकारी दिए ।
पानी परेको र ब्याडमा राखेको बिउँ पनि तयार भएकोले धानको रोपाई यही बेलागरि हाल्ने हतार किसानहरुमा देखिएको छ,उनले भने ।किसानहरु रोपाईमालागेको बेलामा भने केही किसानहरुले खेतमा काम गर्ने मानिसहरु नै नपाएर हैरानी खेप्नु परिरहेको उनको भनाई छ ।
अहिले जस्तो पानी पछि पनि परिदिए किसानहरुको धान खेती कम लागतमा नै सम्पन्न हुने पन्जियारको भनाई छ । किसानहरूले सोना मन्सुली,मनी मन्सुली,भदई मन्सुली,हर्दिनाथ–१ (१४४२),कतरनी,बासमती,हाइब्रिड जस्ता जातका धानको रोपाइँगरिरहेका छन्।
जिल्ला कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार पर्सामा कुल४७हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती हुने गरेको छ ।

