राँगाको प्रतिमा तोडफोड,आधा दर्जन पक्राउ

राम मण्डल
376 पाठक संख्या

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा राखेको राँगाको प्रतिमा शनिबार अज्ञात समूहले तोडफोड गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले केही दिन पहिले महानगरले सौन्दर्यतालाई ध्यानमा राख्दै राँगाको प्रतिमा राखेको थियो ।

अज्ञात ब्यक्तिहरुको समूहले प्रतिमा तोडफोड गरि ढालेका हुन् । त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने राँगाको प्रतिमा राखिएपछि राजनीतिक दल र स्थानीयबासीहरुले त्यसलाई हटाउनुपर्ने माँग गर्दै आएका थिए ।उनीहरुले बिरोध गरेका थिए ।

हनुमान मन्दिर चोकको नामले परिचित रहेको स्थानमा राँगाको प्रतिमा राख्नु उचित नभएको भनदै बिरोध भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले समेत त्यसलाई हटाउने बताएका थिए ।

यसैबीच राँगाको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले छ जना युवाहरुलाई पक्राउ गरेकोे पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय महानगरका चोक बिभिन्न जनावरहरुको प्रतिमा राखेको छ ।

जिराफ,बाघ जस्ता जनावरको प्रतिमा महानगरले सौन्दर्यकरणको लागि राख्दै आएको छ ।

Leave a review