मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु,तीनजना घाईते

साझेदारी दैनिक
307 पाठक संख्या

दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा वीरगञ्जमा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार भएका तीन जना घाईते भएका छन् । दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका २५ निवासी २५ वर्षीय अर्जुन पटेलको मृत्यु भएको हो ।

उनी मोटरसाइकल चालक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । उनको उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

दुर्घटनामा परि ना १८ प ९८१६ नम्बरको मोटरसाईकल चालक सोही स्थान बस्ने १५ वर्षीय कन्हैया चर्तुवेदी,पछाडी बस्ने २० वर्षीय आकाश पटेल,१५ वर्षीय सामा पटेल घाईते भएका छन् ।

तिनैजनालाई नेशनल मेडिकल कलेजमा थप उपचारको लागि पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।घाईते भएका तिनैजनाको हात खुट्टा टाउको लगायत शरीरका बिभिन्न भागमा चोट लागेको छ ।
 

Leave a review