रबिन्द्र प्रसाद साह/
जिल्लाको कलैयामा रहेको कोरोना अस्थायी कोरोना अस्पतालको आईसोलेशनको उचित व्यवस्थापन नभएको भन्दै ईन्सेक वाराले ध्यानाकषर्ण गराएको छ ।
ईन्सेक वाराका जिल्ला प्रतिनिधी भोला पौडेलले आईतवार एक विज्ञप्ती जारी गर्दै कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा स्वास्थ्य मापदण्ड पुरा नभएको जनाएको छ ।
कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोगऐन २०२० को दफा २ को उपदफा ३ को मर्म अनुसार सेवा प्रवाह भएको ईन्सेक वाराले जनाएको छ ।नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका बिरामीहरूलाई उचित सेवा प्रवाह नभएको पाइएको ईन्सेकले विज्ञप्तीमा जनाएको छ ।
आइसोलेशन कक्षमा पर्याप्त मात्रामा पानी नरहेको, प्रयोग गरिएका भाडाहरू राम्ररी सफा नभएको, स्नानघर तथा शौचालय सफा नभएको, हातधुने बेसिनफोहर भएको, झोलिलो तथा पोषणयुक्त खानेकुरा नदिएको पाइएको जनाएको छ । ढोका, टेबुल लगायतका सामग्रीहरूमा डिस्इन्फेक्टेण्ट प्रयोग नगरिएको र एक गिलास तातो पानीको पनि व्यवस्था नभएको गुनासो पाईएकोले उक्त विषयमा अस्पताल प्रशासन र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।