सामुदायिक विद्यालयका बाल क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण

साझेदारी दैनिक
466 पाठक संख्या

कलैया,१० भदौ । जन जागरण यूवा क्लव बाराले जितपुर सिमरा उपमहानगरपालिकाका सामुदायिक विद्यालयका बाल क्लवहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

उसले उपमहानगरपालिकाका ३६ सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री र स्टेशनरी हस्तान्तरण गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत बिभिन्न सामुदायिक विधालयलाई खेलकुद सामग्री र स्टेशनरीहरु उसले आईतबार एक कार्यक्रम बीच वितरण गरेको हो ।

बाल क्लबहरूलाई विद्यालयमा साप्ताहिक अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न सशक्त बनाउने लक्ष्य यस कार्यक्रमको रहेको छ।

जन जागरण युवा क्लब,बाराले भि.एस ओ नेपालको सहयोगमा तथा युके ऐडको आर्थिक सहयोगमा एक्टिभ परियोजना सञ्चालन गरेको छ ।

परियोजना अन्तर्गत बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिका तथा रौतहटको गौर र गढीमाई नगरपालिकाका सामुदायिक बिद्यालयहरू लाभान्वित रहेका छन् ।

वितरण कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी,युवा,खेलकुद तथा शिक्षा प्रमुख शिवजी प्रसाद,पदाधिकारीहरु हरिश भट्ट र कुलप्रसाद लगायत विद्यालयका प्रधानाध्यापक तथा बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

एक्टिभ परियोजनाले सिमान्तकृत तथा अपाग्ङता भएका बालबालकिाहरुकालागि गणितीय शिक्षा बिगत तीन वर्ष देखि दिइहेको छ ।

Leave a review