नुहाउने क्रममा बेपत्ता,मृत अवस्थामा भेटिए

साझेदारी दैनिक
259 पाठक संख्या

वीरगञ्ज : नुहाउने क्रममा पर्सास्थित तिलावे नदीमा डुबेर वेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन् ।

नदीमा डुबेर बेपत्ता भएका बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरिया निवासी १३ वर्षीय किशोर सलिम देवान मृत अवस्थामा भेटिएका हुन् ।

आफना साथीहरुसित गाउँनजिकै रहेको तिलावे नदीमा शनिबार नुहाउन गएकोमा देवानका दुई जना साथीहरु सकुशल रहेका छन्।

उनी नदीमा डुबेर बेपत्ता भएका थिए ।बेपत्ता भएका देवानलाई शनिबार देखि नै प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेको थियो ।

खोजीको क्रममा आईतबार नदीमै मृत अवस्थामा देवानको शब भेटिएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds