कलैया : भगवान श्रीकृष्णको जन्म मानिएको कृष्ण जन्माष्टमी पर्व बारामा सोमबार मनाइएको छ ।
यस अवसरमा भक्तजन कृष्ण मन्दिरमा पुगेका छन् । पूजा आराधना गरेका छन् । कलैया ४ स्थित श्रीकृष्ण मन्दिरलाई सजाइएको छ ।
यहाँ तोरण, पताकाले सजाइएको हो । किर्तन मण्डलीले श्री कृष्ण किर्तन गरेका छन् । जिल्लाको सबै पालिकामा श्री कृष्ण जन्माष्टमी पर्व मनाइएको हो ।
गोपाल सेवा समिति बाराले यस अवसरमा विशेष कार्यक्रम गरेको छ । भगवान श्री कृष्णलाई ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।
उनको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो । यसैले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
भगवान श्री कृष्णलाई भगवान विष्णुको आठौं अवतारको रुपमा मानिन्छ । यस अवसरमा व्रत वस्ने तथा रातमा जाग्राम वस्ने चलन रहेको छ ।


